नेकोस

नेकोस स्थायी कमिटिको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले स्थायी कमिटिको पहिलो बैठक सम्पन्न गरेको छ । सोमबार काठमाडौंस्थित महासंघको आफै कार्यालयमा सम्पन्न बैठकको अध्यक्षता महासंघका संयोजक कृष्ण बस्नेतले गरेका थिए । बैठकमा एमाले पोलिटब्युरो सदस्य एवम् महासंघका इन्चार्ज गोकुल बास्कोटा र नेकपा एमाले केन्द्रिय सदस्य एवम् महासंघका सहइन्चार्ज रमेशकुमार पौडेलेको उपस्थिती थियो ।

बैठकअघि नेकोस केन्द्रिय कार्यालय त्रिपुरेश्वरबाट पुरानो बानेश्वर हाइटमा सारिएको नवनिर्मित कार्यालयको बास्कोटाले रिबन काटेर विधिवत उद्घाटन गरेका थिए ।

बैठकले नेकोसले पछिल्लो चार महिना गरेका विभिन्न राजनीतिक, सांगठनिक एवम् आर्थिक गतिविधिलाई समेटेर संयोजक बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

यस्तै, बैठकमा महासंघका सबै प्रदेशका इन्चार्ज एवम् विभागीय प्रमुखहरुले आ–आफ्नो प्रदेश तथा विभागका कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।

बैठकले वर्तमान सरकारले प्रस्तुत गरेको वर्ष ०७९–८० को बजेटमा खेलकुदमा बजेट घटाइएको प्रति नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

बैठकले भावी कार्ययोजना पनि प्रस्तुत गरिएको थियो ।

कमिटिको भावी कार्ययोजनाः

  • असार १५ गतेका दिन राष्ट्रिय धान दिवसको अवसर पारेर “खेलाडी खेतमा दुई दिन” भन्ने नाराका साथ हिले डोरी तान (टग अफ वार) प्रतियोगिताको आयोजना गरी मनाउने ।
  • मंसिर १४ गते महासंघ स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्सव आयोजना गर्ने ।
  • काठमाडौं मेट्रो स्पोर्टस फेस्टिभल अन्तर्गत आयोजना हुन बाँकी खेलकुद कार्यक्रमहरु आगामी असार ११ गतेभित्र सम्पन्न गर्ने ।
  • विभिन्न सांस्कृतिक चाडपर्वहरुलाई मध्यनजर गर्दै स्थानीय स्तरमा खेलकुदलाई पर्वसँग जोड्दैे खेलकुदलाई जनताको मनमनमा पुर्याउने उद्देश्यले “जनजनमा खेलकुद मनमनमा खेलकुद” भन्ने मुल नाराका साथ खेलकुद मार्फत स्वस्थ अभियानको शुरुवात गर्ने ।
  • असार १० गतेसम्म महासंघ आवद्ध सबै खेलसंघहरुको बैठक बसी देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्यालेन्डर बनाउने ।
  • २०७९ साउन २८ र २९ गते महाधिवेशन आयोजक कमिटीको पूर्ण बैठक बसी राष्ट्रिय महाधिवेशनको मिति, स्थान तथा जिम्मेवारी तोक्ने ।
  • गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा निर्वाचित हुनुभएका नेपाल खेलकुद महासंघका विभिन्न नेताहरुलाई बधाई तथा कार्यसफलताको शुभकामना दिइयो ।
  • देशका केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी खेलका गतिविधिहरु सञ्चालन गर्नका लागि महासंघका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख दिपेन्द्र दाहालको संयोजकत्वमा १० सदस्यीय खेलकुद प्रतियोगिता विशेष उपसमिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा नन्दा बस्याल, प्रनिर अधिकारी, कपिल न्यौपाने, उमेश केसी, डिबि रानापाल, रुपेश अधिकारी, कृष्ण सिग्देल, कमल किशोर चौधरी र प्रकाश कुमार चन्द रहेका छन् ।