नेपाली फुटबल

एन्फा चुनाव: उपाध्यक्षका उम्मेदवार सिंहको बाँकी काम पूरा गर्ने योजना

काठमाडौं । भक्तपुर गठ्टा घरका स्थानीय वासिन्दा उपेन्द्रमान सिंहको सागास्थित नेपाल पुलिसको विद्यालयमा पढ्दा नै फुटबलप्रति लगाव बढेको थियो । सन् १९९० मा एसएलसी परीक्षा दिइसकेपछिको नतिजा नआउँदासम्मको ६ महिनाको समयमा उनी नेपालको यु १६ टोलीमा छनोट भए ।

सक्रिय खेलजीवनबाट संन्यास लिएपछि उनले १० वर्ष राष्ट्रिय टोलीको गोलकिपिङ प्रशिक्षकको रुपमा बिताए । किशोरावस्थामै रोजेको फुटबल उनले खेल जीवनपछि पनि छाडेनन् । अझै पनि छाडेका छैनन् ।

त्यसको एक वर्षपछि अर्थात् १७ वर्षको उमेरमै सिंहले श्रीलंकामा सम्पन्न साफ च्याम्पियनसिपबाट पहिलो रोजाईको गोलकिपरको रुपमा नेपाली राष्ट्रिय फुटबल टोलीको गोलपोस्ट सम्हाल्ने अवसर पाए । सिंहले लगातार १४ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीको पोस्ट सम्हाले । राष्ट्रिय टिमबाट प्रतिनिधित्व मात्रै होइन, पाँच वर्षसम्म नेतृत्व पनि गरे ।

सक्रिय खेलजीवनबाट संन्यास लिएपछि उनले १० वर्ष राष्ट्रिय टोलीको गोलकिपिङ प्रशिक्षकको रुपमा बिताए । किशोरावस्थामै रोजेको फुटबल उनले खेल जीवनपछि पनि छाडेनन् । अझै पनि छाडेका छैनन् ।

खेल जीवनपछि फुटबलमा भूमिका अझै फराकिलो पारेका सिंहले नयाँ क्लब जन्माएर ए डिभिजन लिगसम्म पुर्याए । २०६० सालमा उनले भत्तपुरमा मध्यपुर युथ एसोसियन क्लबका गठन गरेका थिए । क्लब अध्यक्षक रहिरहँदा उनकै प्रशिक्षणमा मध्यपुरले डी हुँदेै ए डिभिजन सम्मको यात्रा तय गर्यो । 


एउटा फुटबल खेलाडी र प्रशिक्षकसमेत रहिसकेकाले उपेन्द्रमान सिंहले सिकेको सबै भन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो टिमप्रतिको विश्वास (टिम वर्क) र फेयर प्ले हो ।

असार ६ गते हुने अखिल नेपाल फुटबल संघ(एन्फा)को चुनावमा अहिले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरीष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ दुवै अध्यक्षका प्रत्यासीको रुपमा देखिएका छन् । चार वर्षअघि चेन्ज एन्फाको नारा लिएर नेतृत्वमा आएको शेर्पा प्यानल नयाँ कार्यकालको चुनावमा भने विभाजित देखिएको छ ।

सिंह आफ्ना टोलीका साथीहरू विशेषतः वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्षले फुटबल विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई माथि राख्दा एउटै आफ्नो टोलीमा फाटो आएको बताउँछन् । सिंह उहाँहरूमा टिम वर्क र फेयर प्लेको भावना नभएको बताउँछन् ।

‘मैले २०७२ सालमा स्वतन्त्र रुपमा एन्फाको उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको थिएँ, तर म सफल भइँन,’ सिंहले भने, २०७४ को चुनावमा भने म कर्मा दाईको प्यानलबाट म उपाध्यक्षमा निर्वाचित भएँ । मैले कर्मा दाईको प्यानलबाट चुनाव लिडरहँदा नेतृत्व तपाईहरू सम्हाल्नुस फुटबल विकासको जिम्मेवारी मलाई दिनुस् भनेको थिए । निर्वाचित भएर आएपछि मलाई सो जिम्मेवारी दिइयो र मैले त्यो पूरा गरेँ जस्तो पनि लाग्छ । अन्य तीन जनाको हकमा भने त्यो भएन । कार्यसमितीको पहिलो बैठकले वरीष्ठ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङलाई नियुत्त गर्दा अर्का उपाध्यक्ष वीरबहादुर खड्का विरोधमा उत्रिनु भयो ।’

त्यहाँ  खड्काको खास स्वार्थ देखिएको उनी बताउँछन् ।

‘त्यस्तै अर्का उपाध्यक्ष कृष्ण थापा आफ्नो स्वार्थ मिल्दासम्म कहिले अध्यक्षसँग त कहिले पंकज र वीरबहादुरजी सँग नजिक हुनु भयो । अध्यक्ष शेर्पाले मधेशमा पनि फुटबल विकसको काम अघि बढाउनुपर्छ भन्दा उहाँलाई मधेश विरोधी भन्दै पंकजजीले कार्यसमितकिो बैठकमा उहाँको राजीनामा नै माग्नु भयो,’ सिंह भन्छन्, ‘यो सबैले देखायो भने उहाँहरुमा टिम वर्क र फेयरप्ले देखिएन । उहाँहरुले सबै भन्दा माथि आफ्नो व्यक्तिगत स्वार्थलाई माथि राख्दा हामीले योजना अनुसारको कार्य पूरा गर्न सकेनौं ।’

सिंहले अध्यक्ष शेर्पा आर्थिकरूपमा पारदर्शी र फुटबलकै लागि खटिने व्यक्ति भएकाले यस पटकको निर्वाचनमा उनको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

‘मलाई कर्मा दाईले टेक्निकल कमिटीको जिम्मेवारी दिनु भएको थियो । हामीले तत्कालिन उपप्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा ४५ वटै जिल्लामा ग्रास रुटका कार्यक्रमहरु संचालन गर्यौं । जसमा ६ देखि १२ वर्ष उमेर समूहका करिब १८ हजार खेलाडी सहभागी छन्,’ सिंहले भने, ‘यसका कारण हामीले एएफसीबाट ग्रान्सरुट ब्रोन्ज मेम्बरसिप पायौं । हामी नेतृत्वमा आउँदा फुटबल गतिविधी प्रायः शुन्यमै थियो । लिगहरु रोकिएका थिए । हामी आएपछि लिगलाई निरन्तर संचानल गरिहेका छौं । फुटबल विकासका लागि नभइ नहुने टेक्निकल डिमार्टमेन्ट नै थिए । हामीले टेक्लिनक निर्देशक नियुक्ती गर्यौं । साथै ग्रासरुट हेड, इलाइट हेड, वुमन्स हेड र कोच एजुकेशन हेड पनि नियुक्त गर्यौं । एएफसीले कोचिङको बी लाइन्सेन्स कन्भेन्सन आफै गर्न सक्षम भइसकेका छौ । यो हाम्रो लागि ठूलो उपलब्धी हो ।’

सिंहले कोभिड १९ र आफ्नै समूहका साथीहरूले असहयोगका कारण योजना अनुसारको काम गर्न नसकेको र अधुरा रहेका कार्यक्रमहरू आगामी कार्यकालमा पूरा गर्ने जनाए ।

‘अब हामी वार्षिक क्यान्लेन्डर नै अघि बढाएर अघि बढ्छौ’, सिंहले भने, ‘लिगलाई व्यवस्थित पार्दै वर्ष भर खेलाडी व्यस्त रहने गरी योजनाहरु ल्याउँछौ । एएफसी क्लब लाइसन्सका लागि क्लबहरुले एन्फा, सम्बन्धित क्लब र विद्यालयको सहकार्यमा युथ एकेडेमी सञ्चालन भइरहेको छ । अब युथ एकेडेमीलाई पनि तीन उमेर समूहमा विभाजन गरेर अघि बढ्छौं । यसो हुँदा एउटै क्लबको यु १३, यु १५  र यु १७ टोली गरि तीन वटा टोली हुनेछ । यसले गर्दा क्लबले आफैं खेलाडी उत्पादन गर्नेछ ।’