वैशाख ३०, २०८२ मंगलबार | १५:१७:१०
नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती

हामी छनोट भएर फर्किन्छौंः कप्तान रुबिना

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले एसिया कपमा छनोट भएर फर्किने बताएकी छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै कप्तान क्षेत्रीले सम्पूर्ण नेपालीको छनोट हुने आशालाई यथार्थमा ‘कन्भर्ट’ गरेर नेपाल फर्किने विश्वास दिलाइन् ।

‘हामीले धेरै वर्षदेखि खेलिरहेका छौं, दबाब छैन । तर, हामीले पनि नतिजा दिन नसकिरहेकाले यसपाली त्यसका लागि प्रयास गर्नेछौं,’ उनले भनिन्, ‘विदेश जाँदा हामी कहिल्यै पनि हार्ने सोचेर जाँदैन यसपाली पनि हामी च्याम्पियन बनेर फर्किने लक्ष्य लिएर बाहिर जाँदैछौं ।’

एसिसी महिला टी२० च्याम्पियनसिपका लागि भोलि मलेसिया जाने नेपाली टिमलाई क्यानले मंगलबार बिदा गरेको छ । सोही क्रममा रुविनाले भनिन्, ‘युगान्डाविरुद्धको सिरिजले हामी कुन स्थानमा छौं भन्ने देखिएको छ त्यसपछि हामीले एकदमै राम्रो तयारी गरेका छौं ।’

‘बिहान ७ देखि दिउँसो ३ बजेसम्म मेहेनत गरेका छौं,’ कप्तान रुबिनाले भनिन्, ‘तपाईहरुको आशालाई यथार्थमा कन्भर्ट गरेर छनोट भएर फर्कन्छौं ।’

यस्तै, मुख्य प्रशिक्षक जगत टमाटाले सबैको ‘गोल’ एउटै भएकाले नेपाली टिम च्याम्पियन हुने बताए ।

‘हामी सबैको एउटै गोल भएकाले हामी च्याम्पियन हुन्छौं भन्ने विश्वास छ,’ उनले भने, ‘कति मेहेनत गरेका छ भन्ने खेलाडीहरूलाई थाहा छ, अब नतिजा उनीहरूमै निहीत छ ।’

‘नतिजा हाम्रो पक्षमा आउने र नेपाल च्याम्पियन हुने आशा गरेको छु’ प्रशिक्षक टमाटाले भने, ‘वर्षा याम भएकाले तयारी सहज थिएन, हामीले मेहेनत गरेका छौं । अत्यधिक मेहेनत गरेकाले अगाडि नतिजा राम्रो आउँछ भन्ने विश्वास छ ।’

बिदाई कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नेपालले उत्कृष्ट प्रदर्शन दिन कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे ।

‘यहाँहरू एकदमै महत्त्वपूर्ण प्रतियोगिता खेल्न जाँदै हुनुहुन्छ,’ सदस्यसचिव घिसिङले भने, ‘विभिन्न प्रतियोगिता र स्तरहरूमा यहाँहरूले सिक्दै आउनु भएको सबै कुरा त्यहाँ खन्याउनु हुनेछ र विजयी भएर फर्किनु हुन्छ भन्ने विश्वास लिएको छु ।’

मलेसियामा जुन १७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् । नेपाल रहेको समूह ‘बी’मा नेपालसँगै भुटान, बहराइन र हङकङ छन् ।

नेपाली टिमले जुन १७ मा भुटान, १८ मा कुवेत, २० मा बहराइन र २० मा हङकङसँग खेल्ने छ ।

मलेसिया भ्रमण गर्ने नेपाली टिमः रुबिना क्षेत्री (कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, संगिता राई, अप्सरी वेगम, काजोल श्रेष्ठ, सबनम राई ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP