सहिद स्मारक सी डिभिजन लिग

झापा शीर्ष स्थानमा उक्लियो

काठमाडौ । झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगअन्तर्गत सोमबार भएको खेलमा स्पोर्टस एकेडेमी संघलाई १–० ले पराजित गर्दै झापा शीर्ष स्थानमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा झापालाई जित दिलाउन विशाल तामाङले विशाल तामाङले निर्णायक गोल गरे । विशालले ८६औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सात खेलबाट १९ अंक जोडेको झापा तालिकाको शीर्ष स्थानमा उक्लिउको छ । यस्तै, समान खेल खेलेको स्पोर्टस् एकेडेमीले पाँच अंक जोडेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा स्वयम्भु क्लबले समाज कल्याण खेलकुद केन्द्रलाई २–० ले पराजित गरेको थियो ।

लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ छनोटमा घटुवा हुनेछन् ।