बार्सिलोना

बार्सिलोना कठिन परिस्थितिमाः जाभी

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले टोली अहिले कठिन परिस्थितिमा रहेको बताएका छन् ।

आइतबार रायो भालेकानोसँग घरेलु मैदानमै पराजित भएपछि प्रशिक्षक जाभीले टोली कठिन परिस्थितिमा रहेको बताएका हुन् । बार्सिलोनाले पछिल्लो तीन खेलयता घरेलु मैदानमा जित निकाल्न सकेको छैन ।

बार्सिलोनाको हारबाट लिग उपाधिका लागि अझ सहज बनेको शीर्ष स्थानको रियाल मड्रिड १५ अंकले अघि छ । मड्रिडले स्पान्योलसँग जित वा बराबरीको नजिताले ला लिगाको उपाधि जित्ने छ ।

यता, यस सिजन दोस्रो स्थानलाई लक्ष्य बनाएको बार्सिलोना भने लगातारको हारका कारण कठिन परिस्थितिमा छ । बार्सिलोनाले ३३ खेलबाट ६३ अंक जोडेको छ । तेस्रो स्थानको सेभियाले पनि समान खेलबाट समान अंक जोडेको छ ।

‘आजको नतिजा टोलीमा उत्कृष्ट खेलाडीको अभावका कारण आएको हैन । हाल क्लब फुटबल र आर्थिक दुबै रुपमा असहज परिस्थितिमा छ,’ जाभीले भने, ‘हामी अहिले निकै कठिन परिस्थितिमा छौं र हामीले यसलाई पार गर्नुछ । अब हामीले लिगमा पाँच फाइनल खेल खेल्न बाँकी छ । हाम्रो आफ्नै कारणले परिस्थिति जटिल बनेको छ ।’