सहिद स्मारक सी डिभिजन लिग

सानेपाको लगातार दोस्रो जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सानेपा युथ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सानेपाले पुल्चोक स्पोर्टस क्लबलाई २–० ले पराजित गर्यो ।

सानेपाको जितमा दुवै गोल खेमराज तामाङले गरे । खेमराजले १३औं मिनेटमा गरेको गोलबाट सानेपाले अग्रता बनाएको थियो । यस्तै, इन्जुरी समयमा खेमराजले दोस्रो गोल गरेपछि सानेपाले जित निश्चित गर्यो ।

जितसँगै सानेपाले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको पुल्चोक भने अंकविहिन छ ।

लिगमा आज हुने दोस्रो खेलमा मनोहरा युनाइटेड क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा आरसी ३२ फुटबल एकेडेमी र विरगंज युनाइटेड भिड्दैछन् ।