इन्टर मिलान

इन्टर शीर्ष स्थानमा

मिलान । एएस रोमालाई ३-१ ले निराश पार्दै साबिक विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

इन्टर ३३ खेलमा ७२ अंकसहित शीर्ष स्थानमा फर्किएको हो । जुन दोस्रो स्थानको एसी मिलान भन्दा एक अंक बढी हो । 

तेस्रो स्थानको नेपोलीको ६७ र चौथो स्थानको युभेन्टसको ६३ अंक छ । रोमा भने ५८ अंक बटुल्दै पाँचौ स्थानमा छ ।

३०औं मिनेटमा डेन्जल डम्फ्राइजको गोलमा इन्टरले अग्रता लिएको थियो । त्यसको १० मिनेट पछि मार्सेलो ब्रोजोभिचको गोलमा इन्टरदे अग्रता दोब्बर पारेको थियो । 

५२औं मिनेटमा लौटारो मार्टिनेजले इन्टरको अग्रता ३-० मा पुर्याएका थिए । 

खेल सकिन पाँच मिनेट बाँकी रहँदा हेनरी मिखितारियानको गोलम रोमाले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।