जर्मन बुन्डेसलिगा

बायर्नलाई लगतार १०औं पटक बुन्डेसलिगाको उपाधि

बर्लिन । बोरुसिया डर्टमन्डलाई ३-१ ले पराजित गर्दै बायर्न म्युनिखले शनिबार तीन खेल अगावै जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ ।

बायर्नले बुन्डेसलिगाको उपाधि जितेको यो लगातार १०औं पटक हो ।

बायर्नको उपाधिमा बाधाका लागि डर्टमन्डले कम्तीमा अंक बाँड्नु पर्ने थियो । 

१५औं मिनेटमा  सेर्गी गनाब्रीले बायर्नका लागि गोल खाता खोलेका थिए । ३४औं मिनेटमा रोबर्ट लेवान्डोवस्कीले बायर्नको अग्रता दोब्बर पारेका थिए ।

५२औं मिनेटमा इमरी क्यानको गोलका डर्टमन्डले खेलमा फर्कने संकेत गरेको थियो । खेल सकिन तीन मिनेट बाँकी रहँदा जमाल मुसियालाले बायर्नका लागि तेस्रो गोल गरे ।

बायर्न ३१ खेलमा ७५ अंकसहित शीर्ष स्थानमा रह्यो । जुन दोस्रो स्थानको डर्टमन्ड भन्दा १२ अंक बढी हो ।

यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रोकिएको बायर्नले घरेलु लिगमा भने दबदबा कायमै राखेको हो।