बार्सिलोना

बार्सिलोनाले अर्को सिजन लिग उपाधिको लागि खेल्नेछः जाभी

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभीले अर्को सिजन क्याटालन क्लबले ला लिगाको उपाधिका लागि खेल्ने बताएका छन् ।

उनले यस सिजन भने क्लबको लक्ष्य लिगको दोस्रो स्थानमा रहनु भएको बताए । ला लिगामा यस सिजन अब १८ अंकको खेलमात्र खेल्न हुँदा बार्सिलोना शीर्ष स्थानको रियाल मड्रिडभन्दा १५ अंकले पछि छ ।

यस्तोमा जाभीले अर्को सिजन बार्सिलोनाले लिग उपाधिको लागि प्रतिस्पर्धा गर्ने बताउँदै यस सिजन दोस्रो स्थान टोलीको लागि ठुलो उपलब्धि हुने बताएका हुन् ।

‘यस सिजन हामीले धेरै खेलहरु खेलेका छौं र हाम्रो लक्ष्य घरेलु लिगको दोस्रो स्थान हो,’ जाभीले भने, ‘यस सिजन लिगको उपाधि निकै कठिन छ । हामी पछिल्लो हप्ता स्वभाविक लयबाट केही पर गयौं । तर, हामीले त्यसलाई फेरी स्वभाविक लयमा फर्काउन सक्यौं भने हामी उत्कृष्ट नतिजाको नजिक हुनेछौं ।’