सहिद स्मारक सी डिभिजन लिग

आरसी ३२ को विजयी सुरुआत

काठमाडौं । शुक्रबारदेखि सुरु भएको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले विजयी सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको दोस्रो खेलमा आरसी ३२ ले खालिबारी युथ फुटबल क्लबलाई १–० ले पराजित गर्यो ।

आरसी ३२ को जितमा आशिष लावतीले ३८औं मिनेटमा निर्णायक गोल गरे ।

आजै भएको पहिलो खेलमा महाविर क्लबले स्पोर्टस एकेडेमी साँगालाई २–१ ले पराजित गरेको थियो ।

आजदेखि सुरु भएको लिगमा १४ टोली सहभागी छन् । जसमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजन लिगमा बढुवा हुँदा पुछारका दुई टोली भने घटुवा हुने प्रावधान छ ।

यसअघि चैत २८ गतेदेखि हुने भनिए पनि एन्फाले प्राविधिक कारण देखाउँदै लिग १० पछि सारेको थियो ।