जिल्ला फुटबल संघ काभ्रेपलान्चोक

काभ्रे जिल्ला फुटबल संघको कार्यसमिति निर्विरोध चयन

बनेपा । जिल्ला फुटबल संघ काभ्रेपलान्चोकको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । एन्फाको विधानअनुसार चार वर्षे कार्यकाल समाप्त भएपछि नयाँ कार्यसमिति चयनका लागि आज (आइतबार) दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो ।

त्यो अवधिसम्म आवश्यक संख्यामा मात्रै मनोनयन परेकाले १५ सदस्यीय कार्यसमिति नै निर्विरोध चयन हुने अध्यक्ष विकाश श्रेष्ठले खेलाडीसँग बताए । निवर्तमान अध्यक्षसमेत रहेका विकाशले नै नेतृत्वमा निरन्तरता पाउने भएका छन् ।

नयाँ बनेको कार्यसमितिमा एक महिला सदस्यको नाम समेटेर १५ जनाका लागि मनोनयन दर्ता गरिएको पनि उनले बताए ।

निर्वाचन अधिकृत महेश कुँवरले मनोनयन दर्ता सकिसकेको र आवश्यक संख्या मात्रै पूरा भएको जानकारी दिए । उनले दावी विरोधको समय बाँकी रहेकाले तत्कालै नयाँ कार्यसमिति घोषणा गर्न प्राविधिक रुपमा नमिल्ने बताए ।

‘ठीक १५ जनाको मनोनयन दर्ता भएको छ, तर कार्यतालिकाअनुसार भोलि ९२८ गते० १० देखि ११ः ३० बजेसम्म दावी विरोधको समय भएकाले अहिले घोषणा गर्न मिल्दैन,’ अधिकृत कुँवरले खेलाडीसँग भने, ‘२९ गते अन्तिम नामावली सार्वजनिक गर्ने तयारी छ ।’

सम्भावित कार्यसमिति

अध्यक्षः विकाश श्रेष्ठ
उपाध्यक्षः निरोज श्रेष्ठ/महेशकुमार कर्माचार्य/मनिष श्रेष्ठ

सदस्यहरूः रशिला थापा मगर (महिला सदस्य), रोजन श्रेष्ठ, पारसमणी कायस्थ, अंकुर ब्यन्जु, विवेक भट्टराई, अबोधभुणण खोजु, विनोद शाक्य, सुवाष थापा, अमृत मानन्धर, मनिष भोचिभोया, रामकृष्ण श्रेष्ठ ।