एएफसी फुटसल एसिया कप छनोट

नेपालको खराव सुरुआत

बिस्केक । एएफसी फुटसल एसियन कप क्वालिफायर्समा नेपालले खराव सुरुआत गरेको छ । नेपाल क्वालिफायर्सको पहिलो खेलमा आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भयो ।

बिस्केक गाज्पोर्म स्पोर्टस कम्प्लेक्समा खुस्निदिन निसोनोभले दोस्रो मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाएका थिए । ११औं मिनेटमा उस्मोनोभ अकबरले टोलीको अग्रता दोब्बर पारे । १६औं मिनेटमा रोपिभ इख्तियोरले तेस्रो गोल गरे ।

३२औं मिनेटमा नेपालका मणि लामाले गोल गर्दै खेल ३–१ को स्थितीमा ल्याएका थिए ।

तर, ३२औं मिनेटमा इख्तियोरले व्यक्तिगत दोस्रो गोल गर्दा गोलकिपर एल्मिरोदोभ एब्बोसले पाँचौ गोल गर्दै उज्वेकिस्तानको सहज जित निश्चित गरे ।

नेपालले सोमबार ताजकिस्तानविरुद्ध र मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।