राष्ट्रिय महिला लिग

साबित्राको ह्याट्रिकप्रेरित एपिएफको जित

काठमाडौं । साबित्रा भण्डारी (साम्बा) को ह्याट्रिकप्रेरित  सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार राष्ट्रिय महिला लिगमा सतप्रतिशत जित निकालेको छ ।

चितवनको भरतपुरमा सम्पन्न चौथो चरणको पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ८-१ ले पराजित गरेको छ ।

खेलको चौथो मिनेटमा अनिता केसीको गोलबाट अग्रता लिएको एपिएफको लागि मन्जलिकुमारी योन्जनले १५औं मिनेटमा गोल गरिन । त्यसको एक मिनेटपछि अनिता बस्नेतले गोल गर्दै एपिएफले चन्द्रपुरमाथी ३-० को अग्रता बनायो ।

साविक विजेता एपिएफको लागि साम्बाले २३औं मिनेटमा व्यत्तिगत दोस्रो गोल गरिन । चन्द्रपुरमाथि दबदबा बनाएको एपिएफको लागि मन्जलिकुमारीले ३१औ मिनेटमा, साम्बाले ५०औं, अनु लामाले ७१औं र साम्बाले ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक र एपिएफको जित पक्का गरिन ।

त्यसअघि चन्द्रपुरको लागि सुमित्रासिह पाख्रिनले ८६औं मिनेटमा सान्त्वना गोल फर्काएकी थिइन् ।

सतप्रतिशत नतिजा निकालेको एपिएफले चार खेलबाट १२ अंक जोडेको छ । समान खेल खेलेको चन्द्रपुरको एक अंक छ ।