त्रिदेशीय ट्वान्टी २० श्रृंखला

ब्याटिङमा सुधार भइरहेको छः कप्तान सन्दीप

काठमाडौं । त्रिदेशीय शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ८५ रनको फराकिलो जित निकालेपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले नेपालले ब्याटिङमा राम्रो सुधार गरेको बताएका छन् ।

‘पावर प्लेमा दुई विकेट गुमाएर दबाबमा थियौं । तर, दीपेन्द्रले इनिङ सम्हाले । दीपेन्द्रलाई धन्यवाद । टस जितेको भए बलिङ गर्ने सोच थियो । सुरुआतमा दुई विकेट गुमाएर पनि दुई सय प्लसको योगफलसम्म पुग्न सक्यौं,’ सन्दीपले भने, ‘टिम राम्रो सेटमा छ । ब्याटिङ र बलिङमा अभै राम्रो गर्न बाँकी छ । विश्वकप क्वालिफायर्समा ब्याटिङ चलेको थिएन तर अहिले ब्याटिङमा राम्रो सुधार भएको छ ।’

नेपालले शनिबार मलेसियालाई पराजित गर्दै सतप्रतिशत जितसहित शृंखलाको फाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार फाइलनमा पपुवा न्यु गिनी (पिएनजी) सँग खेल्नेछ ।