मछिन्द्र फुटबल क्लब

खेलको सम्पूर्ण तयारी पूरा भयोः मछिन्द्र

काठमाडौं । मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लुस्टार क्लबविरुद्ध हुने एएफसी कप छनोटको प्रारम्भिक चरणको तयारी पूरा भएको जनाएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि मछिन्द्रले भिआइपीतर्फ टिकट दर एक हजार रुपैयाँ र सामान्यतर्फ ५ सय रुपैयाँ राखेको छ ।

क्लबले एन्फासँगको सहकार्यमा रंगशाला मर्मत कार्य सम्पन्न गरिएको जनाएको छ । मछिन्द्रले ब्लुटार क्लबलाई होटल हायत प्लेसमा राखेको छ भने उनीहरुको प्रशिक्षणको व्यवस्था नेपाली सेनाको सहयोगमा भद्रकाली सैनिक खेल मैदानमा उपलब्ध गराएको जनाएको छ ।

सो खेलका लागि मछिन्द्रले एड प्याडसँग प्रसारण सम्झौता गरेको छ । यी दुईबीचको खेल एक्सन स्पोटर्स टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

उद्घाटन समारोहमा गायक सविन राई र समूहको सांगितिक कार्यक्रमसमेत राखेको छ । सो कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुनेछ ।