आइपिएल

मुम्बईमाथि राजस्थानको जित

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा राजस्थान रोयल्सले (आरआर) ले मुम्बई इन्डियन्स (एमआइ) लाई २३ रनले पराजित गरेको छ ।

मुम्बईमा सम्पन्न खेलमा आरआरले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको एमआइले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७० रनमात्र बनाउन सक्यो ।

एमआइका ओपनर इशान किसनले र तिलक वर्माले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । इशानले ५४ र तिलकले ६१ रन बनाए । यसबाहेक, किरन पोलार्डले २२ रन बनाउँदा कप्तान रोहित शर्माले १० रन बनाए ।

आरआरका युजभेन्द्र चहल र नवदीप सैनीले समान दुई विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको आरआरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९३ रनको योगफल तयार गरेको थियो ।

आरआरका ओपनर जस बटलरले सतकीय इनिङ खेले । उनले ६८ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे । यस्तै, सिमरन हेटमायरले ३५ र कप्तान सन्जु सामसनले ३० रन बनाए ।

एमआइका जसप्रित बुमराह र टाइमल मिल्सले समान तीन विकेट लिदाँ किरन पोलार्डले एक विकेट लिए ।