झापा गोल्डकप

झापा गोल्डकपः उत्तमको निर्णायक गोलप्रेरित संकटा क्वार्टरफाइनलमा

  • बुद्ध भुषण योञ्जन

झापा । उत्तम राईको निर्णायक गोलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै संकटा क्लब पाँचौ झापा गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी मैदान बिर्तामोडमा उत्तमले २१औं मिनेटमा गरेको गोल संकटको जितमा पर्याप्त बन्यो । उत्तमलाई गोलका लागि फोडे फोफोनको असिस्ट गरेका थिए ।

पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका फोफोना खेलको म्यान अफ दी म्याच चुनिए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ प्राप्त गरे ।

संकटाले सेमिफाइलन प्रवेशका लागि थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा बाई पाएपछि थ्री स्टारले सोझै क्वार्टरफाइलनमा प्रतिस्पर्धा गर्ने भएको हो ।

लिग कम नकआउट पद्दतीमा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा यसअघि शनिबार सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा दुई भारतीयसहित १० टोलीको सहभागिता छ ।