माघ १५, २०८२ बिहीबार | ०५:१२:४५
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

गोलकिपर एन्जिला पिपल्स च्वाइसको मनोनयनमा

काठमाडाैं । राष्ट्रिय महिला फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा २०७७ साल फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपीएफ क्लबकी सदस्य हुन् । उनले राष्ट्रिय लिगको १२ खेलमा मात्र एक गोल बेहोरेकी थिइन् ।

उनले पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा मासा युनाइटेडको कप्तानी गर्दै नेपाली महिला फुटबलको छविलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो योगदान पुर्याइन् ।

नेपाललाई तीन वर्षअघि साफ च्याम्पियनसिपको फाइनल पुर्याउँदाकी मुख्य खेलाडी एन्जिला फुटबल सुन्दरीको उपनामले पनि परिचित छिन् । त्यही कारण उनको जीवनीमा आधारित रहेर मिलन चाम्सको निर्देशन र प्रेमकुमार श्रेष्ठको निर्माणमा फिल्मसमेत निर्माण हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधामा आइतबार उनी मनोनयनमा परेकी छिन् ।

‘आज मलाई एकदमै खुशी लागेको छ, विगत ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएकी छु, यसको मुल्याङ्कन गरेर मलाई मनोनयनमा राखिदिनु हुँदा मलाई एकदमै धेरै खुशी लागेको छ,’ उनले भनिन्, ‘मलाई यहाँसम्म आइपुग्न सहयोग गर्नुहुने, टिम मेम्बर, परिवार सबैलाई धेरै धन्यवाद ।’

महिला फुटबललाई यहाँसम्म पुर्याउन सञ्चारमाध्यमको सधैँ साथ महत्त्वपूर्ण रहेको बताउँदै एन्जिलाले आगामी दिनमा पनि साथको अपेक्षा गरिन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।