चैत्र १६, २०८२ सोमबार | २३:५०:०८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

गोलकिपर एन्जिला पिपल्स च्वाइसको मनोनयनमा

काठमाडाैं । राष्ट्रिय महिला फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा २०७७ साल फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपीएफ क्लबकी सदस्य हुन् । उनले राष्ट्रिय लिगको १२ खेलमा मात्र एक गोल बेहोरेकी थिइन् ।

उनले पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा मासा युनाइटेडको कप्तानी गर्दै नेपाली महिला फुटबलको छविलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो योगदान पुर्याइन् ।

नेपाललाई तीन वर्षअघि साफ च्याम्पियनसिपको फाइनल पुर्याउँदाकी मुख्य खेलाडी एन्जिला फुटबल सुन्दरीको उपनामले पनि परिचित छिन् । त्यही कारण उनको जीवनीमा आधारित रहेर मिलन चाम्सको निर्देशन र प्रेमकुमार श्रेष्ठको निर्माणमा फिल्मसमेत निर्माण हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधामा आइतबार उनी मनोनयनमा परेकी छिन् ।

‘आज मलाई एकदमै खुशी लागेको छ, विगत ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएकी छु, यसको मुल्याङ्कन गरेर मलाई मनोनयनमा राखिदिनु हुँदा मलाई एकदमै धेरै खुशी लागेको छ,’ उनले भनिन्, ‘मलाई यहाँसम्म आइपुग्न सहयोग गर्नुहुने, टिम मेम्बर, परिवार सबैलाई धेरै धन्यवाद ।’

महिला फुटबललाई यहाँसम्म पुर्याउन सञ्चारमाध्यमको सधैँ साथ महत्त्वपूर्ण रहेको बताउँदै एन्जिलाले आगामी दिनमा पनि साथको अपेक्षा गरिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो