च्याम्पियन्स लिग

चेल्सीको सहज जित

लन्डन । काई हाभार्टेज र क्रिस्टियन पुलसिचको गोलमा चेल्सीले मंगलबार च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा फ्रेन्च लिग वान क्लब लिललाई २-० ले हराएको छ । 

तर माटियो कोभिासिच र हाकिम जेइज चोटका कारण बाहिरिनु भने थोमस टचेलका लागि लिलविरुद्धको जित केही खल्लो बन्न पुग्यो ।

शनिबार इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध स्वभाविक प्रदर्शन गर्न नसकेका स्ट्राइकर रोमेलु लुकाकुलाई टचेलले विश्राम दिएका थिए ।

आठौ मिनेटमा हाभार्टेजको गोलमा चेल्सीले अग्रता लिएको थियो । हाभार्टेजले जेइजको पासलाई पोस्टको दिशा दिएका थिए । 
६३औं मिनेटमा पुलसिचले चेल्सीको अग्रता दोब्बर पारेका थिए । 

यसअघि ५१ औं मिनेटमा कोभासिच र ६०औं मिनेटमा जेइज चोटका कारण मैदानबाट बाहिरएका थिए । चोटका कारण जेइज र कोभासिचले आइतबार लिभरपुलविरुद्ध हुने इङ्लिस लिग कप (इएफएल) को फाइनल खेल गुमाउने सम्भावना बढेको छ ।