लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

गोल्डेनगेटको जितसँगै लामा टेन्डी शेर्पा स्मृति बास्केटबलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । गोल्डेनगेट कलेजको जितसँगै मंगलबार लामा टेन्डी शेर्पा स्मृति बास्केटबल पुरुषतर्फको फाइनल सेमिफाइनल समिकरण पुरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा ड्रिम टिममाथी सहज जित निकाल्न गोल्डेन गेटले १०९-७९ स्कोर गर्यो ।

पहिलो क्वाटरमा गोल्डेनगेटले २०-१९ स्कोरले अग्रता लिए पनि दोस्रो क्वाटरमा ड्रिम टिमले २६-२६ बराबरी स्कोर गर्यो । तर, त्यसपछिका तेस्रो र चौथो क्वाटर ड्रीम टिमले क्रमशः ३३-२२,२३-१२ स्कोरले हार्यो ।

गोल्डेनगेटको जितमा विक्रम दंगोलले सर्वाधिक २३ स्कोर गरे ।

फागुन २ गते देखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फको सेमिफाइनलमा रोयल बास्केटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब र टाइम्स कलेजले स्थान सुरक्षित गरिसकेका छन् ।

यस्तै, मंगलबारै सम्पन्न महिलातर्फ रुपन्देही बास्केटबल संघलाई नेपाल पुलिस क्लबले ३३-५० स्कोरमा हराउँदै फाइनल पुगिसकेको छ । यसअघि महिलातर्फकै खेलमा रोयल बास्केटबलले रुपन्देहीलाई नै हराएर फाइनल पुगिसकेको छ ।

प्रतियोगितामा बुधबार पुरुषतर्फका सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो खेलमा रोयल बास्केटबल र आर्मी तथा दोस्रो सेमिफाइनलमा टाइम्स कलेज र गोल्डेन गेट कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

बुधबारै हुने महिलातर्फको खेलमा किर्तिपुर र रुपन्देही तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ पाँच टोलीको सहभागिता छ । चार समूहमा विभाजन गरिएको पुरुषतर्फका टोलीले लिग कम नकआउटको आधारमा र महिलातर्फ भने राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा भइरहेको छ । समूहका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

पुरुष तथा महिलाका च्याम्पियनले समान ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुवैतर्फका ‘मोस्ट भेलुएबल प्लेयर’ ले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।