च्याम्पियन्स लिग

युभेन्टस र भियारियालको बराबरी

मिलान । डुसान भ्लाहोभिचले च्याम्पियन्स लिगमा डेब्यु गोल गरेको दिन युभेन्टस भने अन्तिम १६ पहिलो लेगमा भियारियालसँग १-१ को बराबरीमा रोकिएको छ । 

३२ सेकेण्डमै बललाई जाली चुमाउँदै भ्लाहोभिचले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनी च्याम्पिन्यस लिगको डेब्यु खेलमा सबै भन्दा छिटो गोल गर्ने खेलाडी समेत बनेका छन् ।

६८औं मिनेटमा युभेन्टसको रक्षापंत्तिको गल्तीको फाइदा उठाउँदै ड्यानी पारेजोले भियारियालाई खेलमा फर्काएका थिए । दुवै टोलीले त्यसपछि कुनै गोल गर्न सकेनन् ।

 दोस्रो लेग मार्च १६ मा टुरिनमा हुनेछ ।

भ्लाहोभिच जनवरी सरुवा बजारमा फियोरेन्टिनाबाट युभेन्टस भित्रिएका थिए ।

यसअघि १३औं मिनेटमा भियारियालले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । अल्फोन्सो पेडराजाको पासमा जियोभानी लो सेन्सोले गरेको प्रहारमा पोस्ट बाधक बनेको थियो । 

युभेन्टसले शनिबार इटालियन सिरी ‘ए’ मा इम्पोलीको भ्रमण गर्नेछ । भियारियालले भने शनिबारै स्पेनिस ला लिगामा स्पानियोलको सामना गर्नेछ ।