एन्फा

एन्फाको विशेष साधारण सभा स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आइतबार बस्ने भनिएको विशेष साधारण सभा स्थगित भएको छ । 

एन्फाको विशेष साधरण सभा स्थगित भएको यो दोस्रो पटक हो । एन्फाले फागुन आठका लागि विशेष साधारण सभा तय गरेको थियो ।

एन्फामा महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीले दिएको निर्वाचन निर्देशिकामा केही अन्यौलता भएकाले उनीहरुसँगको जुम मिटिङपछि साधारण सभा स्थगित भएको जनाए । 

‘हामीलाई फिफा र एएफसीले निर्वाचन निर्देशिका थप स्पष्ट पार्न निर्देशन दिएको छ ’,तुलाधारले भने, ‘यस बारे सोमबारबाट काम सुरु हुन्छ । बुधबार सम्म निर्वाचन निर्देशिकाको बारेमा फिफा र एएफसीको गाइडलाइन आएपछि विशेष साधरणसभाको नयाँ मिति निर्धारण गरिनेछ ।’