बाल यौन दूर्व्यवहारको आशंकामा प्रिमियर लिगका खेलाडी पक्राउ 

लन्डन, (खेलाडी)- बाल यौन दूर्व्यवहारको आशंकामा इङ्लिस प्रिमियर लिगका एक फुटबलर पक्राउ परेका छन् ।

बिबिसीले जनाएअनुसार ग्रेटर म्यानचेस्टर पुलिसले ३१ वर्षे एक फुटबलरलाई शुक्रबार पक्राउ गरेको थियो । तर कानुनी प्रक्रियाहरुका कारण पुलिसले ति फुटबलरको नाम भने सार्वजनिक गरेको छैन । 

ति खेलाडीको क्लबले पनि बाल यौन दूर्व्यवहारको आशंकामा खेलाडी पक्राउ परेको एक विज्ञप्तिमार्फत पुष्‍टी गरेको छ । क्लबले छानविनको सिलसिलामा प्रशासनलाई पूरा सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरेको छ । 

पक्राउ परेका खेलाडीको धरौटीमा छुट्ने प्रयास पनि पुलिसले तत्कालका लागि अस्विकार गरेको छ ।