इपिएलको मिडिया राइट मरुनलाई

काठमाडौं, (खेलाडी)- एभरेष्‍ट प्रिमियर लिग (इपिएल) ले प्रतियोगिताको आसन्‍न चौथो संस्करणको अन्तर्राष्‍ट्रिय मिडिया अधिकार विक्रेता एजेन्टका रुपमा मरुन मिडियासँग सम्झौता गरेको छ ।

असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा हुने भनिएको देशकै सबभन्दा ठूलो फ्रेन्चाइज लिगको प्रत्यक्ष प्रशारणलगायतका अन्य अधिकार नेपाल र भारतवाहेकका देशमा मरुन मिडियाले विक्री गर्नेछ । 

प्रतियोगिताको चौथो संस्करण गत वर्ष नै हुनु पर्ने भए पनि सबै तयारी भइसकेपछि अन्तिम समयमा कोभिड १९ को महामारीका कारण स्थगित गरिएको थियो । यसपाली पनि कोभिड १९ को तेस्रो लहर आउन सक्ने भन्दै विज्ञहरुले सचेत बनाइरहेका बेला प्रतियोगिता हुने नहुने पक्का भइसकेको छैन ।