नेपालविरुद्ध मोरिसस

मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई टोली सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ १५ र १८ गते मोरिससविरुद्धको हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई खेलका लागि समान २३ सदस्यीय दुई वटा टोलीको घोषणा गरेका हुन् ।

कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुका साथै रक्षक दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्युठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अञ्जन विष्ट, आशिष लामा र विमल घर्तीमगर गरि १२ खेलाडीले दुवै मैत्रीपूर्ण खेलका लागि टोलीमा स्थान बनाएका छन् ।

त्यस्तै पहिलो खेलका लागि घोषित टोलीमा गोलकिपर दीप कार्की र टेकेन्द्रसिंह थापा, सुदिप गुरुङ, विशाल राई, मनिस डाँगी, दर्शन गुरुङ, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, क्रितिस रत्न छुन्जु र जगजित श्रेष्ठ रहेका छन् ।

मंगलबार हुने दोस्रो खेलका लागि विशाल श्रेष्ठ, शत्रुघनकुमार चौधरी, पुजन उपकोटी, नविन गुरुङ, सुवास गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक विस्ट, सुशिल राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ रहेका छन् ।

शनिबार र मंगलबार हुने दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।