अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनःस्वायटेक सेमिफाइनलमा

मेलबर्न । विश्व वरियताको सातौं स्थानकी इगा स्वायटेक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

बुधबार रड लाभर एरेनामा सम्पन्न क्वार्टरफाइनलमा पोल्यान्डकी स्वायटेकले कानेपीमाथि ४-६ ७-६(७-२) ६-३ को जित हात पारिन् ।

२०२० को फ्रेन्च ओपन च्याम्पियन स्वायटेक ग्रान्ड स्लामको सेमिफाइनल प्रवेश गरेको यो दोस्रो पटक हो । कानेपीको भने यो ग्रान्ड स्लाम क्वार्टरफाइनलमा यो सातौ हार हो ।

स्वायटेकले फाइनल प्रवेशका लागि २७औं वरियताकी ड्यानेली कोलिन्सको सामना गर्नेछिन् ।

कोलिन्सले एलिच कोर्नेटको चुनौती पार गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।

कोलिन्सले कोर्टेमाथि ७–५,६–१ को जित हात पारिन् ।