अस्ट्रेलियन ओपन

सित्सिपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

मेलबर्न । विश्व वरियताको चौथो स्थानका स्टेफानोस सित्सिपास वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनल प्रवेश गरेका छन् ।

रड लाभर एरेनामा बुधबार सम्पन्न खेलमा ग्रिसका सित्सिपासले यानिक सिनरमाथि ६-३  ६-४  ६-२ को सोझो सेटमा जित हात पारे ।

सित्सिपास अस्ट्रेलियन ओपनको सेमिफाइनल प्रवेश गरेको यो तेस्रो पटक हो ।

सित्सिपासले फाइनल प्रवेशका लागि रुसका ड्यानिल मेडभेडेव र क्यानडाका फेलिक्स अगुर एलियासिमीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।