आहा रारा गोल्ड कप

आहा रारा गोल्डकपः मनाङ सबै भन्दा धेरै पटक सेमिफाइनल खेल्ने टोली

काठमाडौं । आहा रारा गोल्डकपको २०औं संस्करणमा आजबाट सेमिफाइनल सुरु हुँदैछ । 

यस पटक मनाङ मर्स्र्याङदी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा स्थान बनाए ।

पहिलो सेमिफाइनलमा आज मछिन्द्रले एपिएफको सामना गर्दा दोस्रो सेमिफाइनलमा भोली मनाङले आर्मीको सामना गर्नेछ ।

२०५८ सालबाट साहारा क्लब पोखराको आयोजनामा सुरु भएको आहा रारा गोल्डकपको २०औैं संस्करण सम्म आइपुग्दा मनाङ सबै भन्दा धेरै पटक सेमिफाइनल प्रवेश गर्ने टोली हो । यस पटक पनि मनाङले पुलिसको यात्रा क्वार्टरफाइनलमा सीमित पारिसकेको छ ।

यस पटक समेत गरि मनाङले २० मध्ये १५ संस्करणको सेमिफाइनलमा स्थान बनाइसकेको छ । 

मनाङ २०५८,२०५९,२०६०,२०६१,२०६२,२०६३,२०६६,२०६७, २०६८, २०७०,२०७१, २०७२,२०७३, २०७६,२०७८ मा अन्तिम चारमा प्रवेश गरेको थियो । 

त्यस्तै पुलिसले २०५८,२०५९,२०६०,२०६१,२०६२,२०६४,२०६५, २०६६, २०६७,२०७०, २०७१,२०७४,२०७६ र २०७७ गरि १४ पटक सेमिफाइनलको यात्रा तय गरेको थियो । 

आर्मी क्लबले भने नौ पटक सेमिफाइनलमा स्थान बनाएको छ । हाल सम्म आहा राारा गोल्डकपको उपाधि जित्न नसकेको आर्मी २०६०,२०६५,२०६९,२०७२,२०७३, २०७५, २०७६, २०७८ । 

थ्री स्टार क्लबले भने २०६१,२०६३,२०६७,२०६९,२०७१,२०७४,२०७५ गरि सात पटक सेमिफाइनलमा स्थान बनाएको छ ।

आयोजक साहाराले २०६३,२०६७, २०६९,२०७० २०७२ र २०७३ गरि ६ पटक सेमिफाइनल प्रवेश गरेको छ । 

त्यस्तै साहार रेडले २०६० र २०६१ गरि दुई पटक तथा साहारा ब्लुले २०५८ गरि एक पटक सेमिफाइनलमा स्थान बनाएका छन् । 
साहारा युकेले भने २०६४ र २०६५ गरि दुई पटक अन्तिम चारमा स्थान बनाएको छ । 

एपिएफ २०६३, २०६४,२०७५,२०७८ गरि चार पटक सेमिफाइनल प्रवेश गरेको छ  ।
त्यस्तै मछिन्द्रले (२०७० र २०७८) जावलाखेल युथ क्लबले (२०६८ र २०६९) अफ्रिकन युनाइटेड (२०६२ र २०६८) र संकटा क्लब (२०७३ र २०७७) गरि समान दुई पटक प्रतयोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । 

फ्रेन्डस क्लब (२०५९),एनआरटी (२०६५) नाइट चेस क्लब झापा(२०६२) एन्फा एकेडेमी(२०५९) सुदुरपश्चिम ११ (२०७१), झापा ११ (२०७२), सिक्किम गान्तोक सिटी क्लब (२०७६) , अफ्रिकन रुटस्(२०७७), डल्फिन्स( २०७५), धरान एफसी २०७४), पुने एफसी( २०६८)  बंगलादेशी टोली बाल्घारिया (२०६५) र उत्तरी वरिन्धारा(२०७४ )  गरि समान एक पटक आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेका छन् ।