इङ्लिस प्रिमियर लिग

मार्सियल सेभियामा अनुबन्धित

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडकाका स्ट्राइकर एन्थोनी मार्सियल लोनमा स्पेनिस ला लिगाको क्लब सेभिया जाने भएका छन् ।

मार्सियलले जारी सिजनका बाँकी खेल सेभियाबाट खेल्ने भएका छन् ।लामो समयसम्म पहिलो रोजाईमा नपरेका कारण मार्सियले पटक पटक जनवरी सरुवा बजारमा क्लब छोड्न चाहेको बताउँदै आएका थिए । 

दुई दिन अघि मात्र अन्तरिम प्रशिक्षक राल्फ रागनिकले पनि केही खेलाडीले ओल्ड ट्राफोर्ड छाड्ने इच्छा व्यक्त गरेको र उनीहरुको सरुवाको प्रस्तावमाथि छलफल भइरहेको जनाएका थिए ।

प्रिमियर लिगमा एस्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएको खेलमा रागनिकले मार्सियल क्लबमा बस्न नचाहेकाले पहिलो रोजाईमा नराखिएको प्रतिक्रिया दिएका थिए ।

जारी सिजन ला लिगाको दोस्रो स्थानमा रहेको सेभियाले गत महिनाबाटै मार्सियललाई भित्राउने प्रयास गरेको थियो ।