विष्णु गुरुङ

विष्णु गुरुङ राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त

काठमाडौं । संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङ नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई सहायक प्रशिक्षकमा नियुक्त गरेका हुन् ।

सहिद स्मारक ए डिभिजन लिगमा यसै सिजन डेब्यु गरेका प्रशिक्षक विष्णुले यो अवसर यति छिट्टै आउँछ भन्ने अपेक्षा नगरेको प्रतिक्रिया दिए ।

‘म यो अवसरका लागि तयारी गरिरहेको थिएँ,’ उनले खेलाडीसँग भने, ‘तर, यो अवसर यति छिट्टै पाउँला भन्ने सोचेको थिइँन । खुशी लागेको छ ।’

नेपाली राष्ट्रिय टोलीमा अहिले मुख्य प्रशिक्षक अब्दुल्लाहसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ल छन् । यस्तै टीम म्यानेजरमा मधुसुदन उपाध्याय छन् ।