प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

आर्मीलाई एपिएफले दियो २३१ रनको लक्ष्य

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबसामू मंगलबार प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै दुई सय ३० रन बनायो ।

एपिएफका लागि आशिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । उनले ४३ बलमा पाँच छक्का र १० चौका प्रहार गरे । यस्तै, लोकेश बमले ६६ र प्रदीप ऐरीले ५७ रनको योगदान गरे ।

आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले समान एक विकेट लिए ।