अस्ट्रेलियन ओपन

स्वायटेक अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

मेलर्बन । विश्व वरियताको आठौ स्थानकी इगा स्वायटेकले मंगलबार हेरियट डार्टलाई ६–३ ६–० को सोझो सेटमा पराजित गर्दै अस्ट्रेलियन ओपनको दोस्रो चरणमा पुगेकी छिन् ।

सन् २०१९ देखि अस्ट्रेलियन ओपन खेलिरहेकी स्वायटेकले पहिलो वर्ष दोस्रो चरण र त्यसपछि लगातार २०२० र २०२१ मा दुई पटक चौथो चरणबाट बाहिरिनु परेको थियो ।

२०२० मा अस्ट्रेलियन ओपनमा चौथो चरणबाटै बाहिरिए पनि पोल्यान्डकी इगा स्वायटेकले सोही वर्ष फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।

विश्व नम्बरको एक सय २५औं स्थानकी डार्टले पनि २०१९ बाटै अस्ट्रेलियन ओपनमा सहभागी हुँदै आएकी छन् । पहिलो सहभागितामा पहिलो चरणबाट बाहिरिएकी डार्टले गत वर्ष भने सहभागिता जनाइनन् ।

स्वायटेकले दोस्रो चरणमा विश्व वरियताको ९३आंै स्थानकी रेवेका पिटरसनसँग खेल्नेछिन् । पिटरसनले २०१९ देखि अस्ट्रेलियन ओपन खेल्दै आएकी छिन् ।