अफ्रिका कप अफ नेसन्स

इजिप्ट नाइजेरियासँग पराजित, साविक विजेता अल्जेरिया रोकियो

याउन्डे । नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गर्ने क्रममा इजिप्टलाई १-० ले हराएको छ ।

समूह ‘डी’ को खेलमा नाइजेरियाविरुद्ध सात पटकको विजेता इजिप्टकालािग मोहम्मद सलाहाले प्रभावशाली प्रदर्शन गर्न सकेनन् ।

नाइजेरियाले खेल अबधीभर विरलै इजिप्टको पोस्टमा आक्रमण गरेको थियो । तर पहिलो हाफमा केलेची इहेनाचोले गरेको गोल नाइजेरियाको जितका लागि पर्याप्त बन्यो । 

इजिप्टले आगामी खेलमा गिनी बिसाउसँग खेल्ने छ भने नाइजेरियाले सुडानको सामना गर्नेछ । 

समूह ‘डी’ कै अर्को खेलमा मंगलबार सुडान र गिनी बिसाउले गोलरहित बराबरी खेले ।

त्यस्तै समूह ‘ई’ मा साविकको विजेता अल्जेरिया भने सेरालियोनसँग गोलरहित बराबरीमा रोकिएको छ । 

अफ्रिका कप अफ नेसन्सको उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको अल्जेरियाले सेरालियोनविरुद्धको खेल पूर्णरुपमा आफ्नो नियन्त्रण्मा लिए पनि गोल भने गर्न सकेन । 

अफ्रिका कप अफ नेसन्सको उपाधि रक्षा गर्नेअहिले सम्म इजिप्ट एक मात्र टोली हो । इजिप्टले सन् २०६ देखी २०१० सम्म लगातार तीन पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । 

सेरालियोन भने सन् १९९६ पछि पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो ।