लिभरपुल

लिभरपुलसँगको मेरो भविष्य क्लबकै हातमा छः सलाहा

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहाले आफ्नो भविष्य क्लबको हातमा रहेकाे र सम्झौता नविकरणका लागि आफूले अप्रत्यासित माग नगरेकाे बताएका छन् ।

इजिप्टका २९ वर्षीय स्ट्राइकर सलाहा र लिभरपुलबीचको सम्झौता सन् २०२२/२३ सिजनकाे अन्त्यसम्म रहेकाे छ ।

सलाहाले यसअघि नै आफ्नो लिभरपुलमा बस्ने चाहना सार्वजनिक गरेका थिए । यद्यपि, उनले यो क्लबमा निर्भर रहेको बताएका थिए ।

‘म एन्फिल्डमै बस्न चाहन्छु, तर यो मेरो हातमा नभई उनीहरुको निर्णयमा निर्भर छ । मेरो चाहनाबारे क्लब राम्रो जानकार छ । मैले ठुलो सम्झौताको माग गरेको छैन,’ सलाहाले भने, ‘मैले लिभरपुलबाट खेल्न लागेको पाँच वर्ष भयो । मैले क्लबलाई राम्रोसँग बुझेको छु । म समर्थकलाई माया गर्छु । समर्थकबाट पनि मैले त्यस्तै माया पाएको छु । तर सम्झौताका लागि प्रशासनसँग मैले मेरो अवस्थाको जानकारी गराएको छु । बाँकी उनीहरुको हातमा छ ।’

सलाहा सन् २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल भित्रिएका थिए ।