चैत्र १८, २०८२ बुधबार | १३:३७:३१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

आइसोलेसन नियम उल्लंघन गरेकाे जोकोभिचले स्वीकारे

लन्डन । टेनिस स्टार नोभाक जोकोभिचले पछिल्लो महिना कोभिड संक्रमित हुँदा आफूले आइसोलेसनको नियम उल्लंघन गरेको र त्यो आफ्नो ‘त्रुटीपूर्ण निर्णय’ भएको स्वीकार गरेका छन् ।

जोकोभिचले बुधबार इन्स्टाग्राममा एक पोस्ट गर्दै कोभिड संक्रमित भएको दुई दिनपछि एक पत्रकारलाई अन्तर्वाता दिएको उल्लेख गरेका छन् । जोकोभिच डिसेम्बर १६ मा कोभिड संक्रमित भएका थिए ।

'म स्विकार गर्छु, मैले पुनः तालिका बनाउनु पर्थ्यो,' जाेकाेभिचले लेखेका छन्।

इन्स्टाग्राम पोस्टमा जोकोभिचले अस्ट्रेलिया प्रवेशमा प्रयोग ट्राभल फारममा आफ्नो एजेन्टले गल्ती गरेको समेत बताएका छन् ।

कोभिडविरुद्धको खोप नलगाएको जोकोभिच अस्ट्रेलिया आएलगत्तै जवनरी ६ अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गरेको थियो ।

यद्यपि सोमबार अदालतले सरकारको निर्णय खारेज गरेपछि जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलिया ओपन खेल्ने सम्भावना प्रवल बनेको थियो ।

तर, मंगलबार अस्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिचकाे भिसा रद्द गर्ने कि नगर्ने भन्ने सन्दर्भमा विस्तृत छानबिन गर्ने बताएका थिए ।

अस्ट्रेलियन ओपनका लागि मेलबर्न आएका जोकोभिचमाथि १४ दिनको क्वारेन्टिन पूरा नगरेको आरोप छ । १४ दिनको क्वारेन्टिन नियमको उल्लंघनलाई अस्ट्रेलिया सरकारले ‘गम्भिर अपराध’ को सुचिमा राखेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो