इङ्लिस प्रिमियर लिग

कौटिन्हो एस्टन भिल्लामा

लन्डन । एस्टान भिल्लाले बार्सिनोनाका मिडफिल्डर फिलिप कौटिन्होलाई  लोनमा भित्राएको छ । 

एस्टन भिल्लाले गत शुक्रबार कौटिन्होलाई यस सिजनकोअन्तिम सम्मका लागि अनुबन्धन गर्ने सहमती भएको जनाएको थियो ।

सम्झौताका लागि कौटिन्हो मंगलबार बर्मिङघम पुगेका थिए । 

कौटिन्होले सन् २०१३ देखी २०१८ सम्म इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलबाट खेलका थिए । उनले लिभरपुलकै पूर्व खेलाडी स्टेफिन जेरार्डको प्रशिक्षणमा प्रिमियर लिगमा पुनरागमन गर्न लागेका हुन् । 

जेरार्ड नोभेम्बरमा एस्टन भिल्लाको प्रशिक्षकमा नियुत्त भएका थिए ।

चोटका कारण बार्सिलोनाबाट सोचेअनुरुपको प्रदर्शन गर्न नसकेका कौटिन्होले शनिबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलसँगै एस्टन भिल्लाबाट डेब्यु गर्नेछन् ।

सोमबार सम्पन्न एफए कपको तेस्रो चरणमा भने एस्टन भिल्ला युनाइटेडसँग १-० ले पराजित भएको थियो ।

एस्टन भिल्ला १९ खेलमा २२ अंकसहित तालिकाको १४औं स्थानमा छ ।