इङ्लिस प्रिमियर लिग

साउथहमटनको सहज जित

लन्डन । साउथहमटन मंगलबार ब्रेन्टफोर्डमाथि ४–१ को सहज जितसहित इङ्लिस प्रिमियर लिगको ११औं स्थानमा उक्लिएको छ ।

ड्रागन सोालकलाई एक सय मिलयिन युरोमा अनुबन्धन गरेपछि साउथहमटनले घरेलु मैदानमा हात पारेको यो पहिलो जित हो ।

पाँचौ मिनेटमा जान बेनारेकको गोलमा साउहमटनले अग्रता लिएको थियो । १८औं मिनेटमा भिटाली जानेटको गोलमा ब्रेन्टफोर्ड खेलम फर्कियो । ३७औै मिनेटमा ब्रेन्टफोर्डका अल्भारो फर्नान्डेजको आत्मघाती गोलमा साउथहमटनले अग्रता लियो ।

४९औं मिनेटमा अर्मान्डो ब्रोजाले साउथहमटनका लागि तेस्रो गोल गरे । खेल सकिन २० मिनेट बाँकी रहँदा एडम्सको गोलमा साउथहमटनले सहज जित पक्का गर्यो । 

साउथहमटन २० खेलमा २४ अंकसहित ११औं स्थानमा छ भने समान खेलमा ब्रेन्टफोर्डको २३ अंक रहेको छ ।