फिफा

युरोपियन च्याम्पियनसिप प्रत्येक दुई वर्षमा गर्न फिफा अध्यक्षको सुझाव

 

ज्युरिच । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले महादेशीय प्रतियोगिता युरोपियन च्याम्पियनसिप प्रत्येक दुई वर्षमा आयोजन गर्न सुझाव दिएका छन् ।

आर्सनलका पूर्व प्रशिक्षक आर्सेन विंगरको नेतृत्वमा फिफाले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावको विस्तार गरिरहेको छ । जसको दक्षिण अमेरिकी फुटबल संघ (कोन्मेबोल) र युरोपियन फुटबल संघ (युइएफए) कडा विरोध गरिरहेका छन् ।

‘विश्वकपसँगै युरोपियन च्याम्पियनसिप पनि प्रत्येक दुई वर्षमा आयोजन गरिनुपर्छ,’ इन्फान्टिनोले भने, ‘फिफाको प्रस्तावमा युरोपका बहुमतसहित ८८ प्रतिशत देशहरुले हाम्रो प्रस्तावको अध्ययन गर्न आग्रह गरेका छन् । र, हाम्रो अध्ययनले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना सफल हुनेछ ।’

डिसेम्बरमा सम्पन्न विश्वव्यापी फुटबल सम्मेलनमा विश्वकप आयोजनाको समय परिवर्तन गर्दा फुटबललाई अहिलेको भन्दा चार दशमलव चार बिलियन डलर धनी बनाउन सक्ने दाबी गरेको थियो ।