त्रिवेणी कप फुटबल प्रतियोगिता

२९औं त्रिवेणी कप १३ गतेबाट

लमजुङ । त्रिवेणी कप फुटबल प्रतियोगिताको २९औं संस्करण पुस १३ गतेदेखि हुने भएको छ ।

लमजुङको बेसीशहरमा हुने प्रतियोगिताको विजेताले पाँच लाख नगदसहित ट्रफी तथा मेडल पाउने आयोजकले जानकारी दिएको छ । त्यस्तै उपविजेताले तीन लाख र सेमिफाइनलमा स्थान बनाउने अन्य दुई टोलीले समान ५० हजार पाउने छन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीले १५/१५ हजार प्राप्त गर्नेछन् ।

१८ टोलीको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक त्रिवेणी युवा क्लबले भिमाद युथ क्लबको सामना गर्नेछ ।