एसेस टेस्ट शृखला

इङ्ल्यान्डको खराब लय कायमै

सिड्नी । एसेस टेस्ट शृखला अन्तर्गत इङ्ल्यान्डको खराब लयले दोस्रो इनिङमा पनि निरन्तरता पाएको छ । 

दोस्रो दिनको खेल समाप्तीमा इङ्ल्यान्ड ३१-४ को स्थितीमा खेलिरहेको छ । कप्तान जो रुट अविजित १२ र बेन स्टोक्स् दुई रनमा खेलिरहेका छन् । इङ्ल्यान्ड अस्ट्रेलिया भन्दा अझै ५१ रनले पछि छ ।

अस्ट्रेलियाको पहिलो २ सय ६७ रनमा सीमित भएपछि ब्याटिङका लागि आएको इङ्ल्यान्डले खराब लयलाई निरन्तरता दिएको हो । ओपनर हासिब हमेद ७ र ज्याक क्राले ५ रनमाआउट भए भने ज्याक लिच र डेविड मालनले रन खाता खोल्न सकेनन् ।

अस्ट्रेलियाका मिचेल स्टार्क र स्कट बोल्यान्डले समान दुई विकेट लिए । अस्ट्रेलियाले पहिलो इनिङमा ८२ रनको अग्रता लिएको थियो । 

 इङ्ल्यान्ड आइतबार पहिलो दिन एक सय ८५ रनमा सीमित भएको थियो ।

६३-१ बाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले थप दुई सय चार रन जोड्दा बाँकी नौ विकेट गुमाएको थियो । 

पाँच टेस्टको शृंखलामा अस्ट्रेलिया २-० ले अघि छ ।