सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा संकटाको सहज अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा संकटा क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध पहिलो हाफमा ३-० को अग्रता लिएको छ । 

१२औं मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो । २८औं मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर पारे । 

त्यसको १० मिनेटपछि लक्ष्मण रुचालले बललाई पोस्टको दिशा दिँदै संकटाको अग्रता ३-० मा पुर्याएका थिए ।

पाँच खेलमा आठ अंक जोडेको संकटा तालिकाको चौथो स्थानमा छ । ब्रिगेड ब्वाइज भने समान खेलमा पाँच अंकसहित १०औं स्थानमा छ ।