एसेस टेस्ट शृंखला

एसेस टेष्टः इङ्ल्यान्डको खराब सुरुआत

काठमाडौं । अष्ट्रेलियाविरुद्ध एसेस टेष्ट शृंखलाको तेस्रो खेलमा आइतबार इङ्ल्यान्डले खराब सुरुआत गरेको छ ।

मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्ड पहिलो इनिङमा मात्र एक सय ८५ रनमा सीमित भएको थियो ।

पहिलो दिन सकिँदा अष्ट्रेलियाले एक विकेट गुमाएर ६१ रन बनाएर खेलिरहेको छ । 

इङ्ल्याल्डका कप्तान जो रुटले ५०, जोरी बेरिष्टोले ३५, बेन स्टोक्सले २५, ओली रोबिन्सनले २२, डविड मालनले १४, ज्याक लेचले १३ र ज्याक क्राउलेले १२ रन बनाए ।

अष्ट्रेलियाका प्याट कुमिन्स र नाथन लियोनले समान तीन विकेट लिए । मिचेल स्टार्कले दुई तथा स्कोट बोल्यान्ड र क्यामरुन ग्रीनले एक एक विकेट लिए ।

अष्ट्रेलियाका ओपनर डेबिड वार्नर ३८ रन बनाएर आउट भए । पहिलो दिन सकिँदा लियोन शुन्य तथा ओपनर मार्कुस ह्यारिस २० रन बनाएर क्रिजमा छन् । वार्नर जेम्स एन्डरसनको बलमा आउट भएका हुन् ।

पहिलो टेष्टमा ९ विकेटले विजयी भएको अष्ट्रेलियाले दोस्रो टेष्ट २ सय ७५ रनले जितेको थियो ।