इङ्लिस प्रिमियर लिग

खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि चार खेल स्थगित

लन्डन । खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि हाल सम्म इङ्लिस प्रिमियर लिगका चार खेल प्रभावित बनेका छन् ।

प्रमियर लिगले यो साता पाँच खेलको तालिका रहे पनि कोभिड १९ का कारण साउथह्याम्टन र ब्रेन्टफोर्ड, वाट्फोर्ड र क्रिस्टलप्यालेस, वेस्ट हम र नर्विच  सिटी तथा एभर्टन र लेस्टर सिटीबिचको खेल स्थगित भएको जनाएको छ ।

यसअघि प्रिमियर लिगले खेलाडी म्यानचेस्टर युनाइटेडका खेलाडी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ब्राइटनसँगको खेल स्थगित गरेको थियो ।

‘ यस साताकमा लागि तय चार खेल बाहेक अन्य खेलहरु निर्धारित तालिका अनुसारनै संचालन भए',प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको ।

ब्रेन्टफोर्ड र वाट्फोर्ड दुवै टोलीले आफ्नै मैदानमा प्रशिक्षण गरिरहेका छन् । क्रिस्टल प्यालेससँगको खेलका लागि वाट्फोर्डसँग पर्याप्त खेलाडी छैनन् । नर्विचले खेलाडीमा चोट र कोरोनाको संक्रमणका कारण टोलीको निर्माण गर्न सकेको थिएन ।

एभर्टनसँगको खेल स्थगित भएपछि लेस्टर बन्द प्रशिक्षणमा फर्किएको छ । लिगको मध्यसातासम्ममा सात खेलहरु भएका छन् ।