सहिद स्मारक ए डिभिजन लिग

संकटाविरुद्धको खेल निकै महत्वपूर्णः मच्छिन्द्र प्रशिक्षक प्रवेश

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले आफ्नो टोली शीर्षताको होडमा रहेकाले संकटा क्लबविरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताए ।

चार खेलमा तीन जित र एक बराबरीको नतिजापछि मच्छिन्द्र १० अंकसहित शीर्ष स्थानमा छ । समान खेलमा समान १० अंक जोडेको मनाङ मस्र्याङदी दोस्रो स्थानमा छ । आठ अंक जोडेका त्रिभुवन आर्मी क्लब र संकटा क्रमशः तेस्रो र चौथो स्थानमा छ  ।

‘हाम्रो लक्ष्य उपाधि रक्षा नै हो,’ प्रवेशले भने, तर अहिलेको मुख्य प्राथमिकता भनेको सातौ चरणको समाप्तीमा शीर्ष स्थानमा बस्दै लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्नै नै हो । त्यसैले संकटाविरुद्धको जित हाम्रा लागि निकै महत्वपूर्ण छ । छैटौ चरणमा मनाङ र सातौ चरणमा नेपाल पुलिसको सामना गर्नेछौ । हामी तीन अंक गुमाउन चहादैनौ  । संकटा पनि उतकृष्ट टोली हो । उनीहरुले पुलिसविरुद्ध जित हात पार्दा गरेको प्रदर्शनबाट उनीहरुको क्षमता देखिन्छ । '