सहिद स्मारक ए डिभिजन लिग

पहिलो हाफमा ब्रिगेड ब्वाइज क्लब र एनआरटी बराबर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) बिचको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४३औं मिनेटमा स्टेफेन वियोनले पेनाल्टी क्षेत्रको देब्रे भागबाट गरेको क्रसलाई दर्शन गुरुङले पोस्टको दिशा दिन नसक्दा एनआरटीले अग्रता लिने सुन्दर मौका खेर फालेको थियो ।