फ्रेन्च लिग वान

पिएसजीबाट रामोसको ‘डेब्यु’

पेरिस । स्पेनिस रक्षक सर्जियो रामोसले आइतबार फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट ‘डेब्यु’ गरेका छन् ।

आइतबार फ्रेन्च लिग वानअन्तर्गत सेन्ट इटेनेसँग खेलमा पिएसजीको सुरुआती रोजाईमा मैदान उत्रिएसँगै रामोसले पिएसजीबाट ‘डेब्यु’ गरेका हुन् ।  

रामोस यसै सिजनको सुरुआतमा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडबाट पिएसजी अनुवन्धित भएका थिए ।

३५ वर्षिय रामोसले रियाल मड्रिडमा १६ वर्ष बिताएका थिए ।