सहिद स्मारक लिग

पहिलाे हाफमा हिमालयन शेर्पा र मनाङ गाेलरहित बराबर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा हिमालयन शेर्पा र मनाङ मर्स्याङदी क्लबबिचकाे पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४०औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले प्रहार गरेको फ्रिकिक लागेर फर्किएपछि हिमालयन पहिलो हाफमा अग्रता लिन चुकेको थियो । मनाङका रक्षक दिनेश राजवंशीले विश्वासमाथी नै फाउल गरेपछि हिमालयन शेर्पाले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट फ्रिकिक पाएको थियो । जसलाई मनाङका राजवंशीले नै क्लियर गरेका थिए ।