वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

गण्डकी र लुम्बिनी विजयी

काठमाडौं । वाईवाई यु १९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।

कर्णालीले प्रस्तुत गरेको एक सय १४ रनको लक्ष्य गण्डकीले २६.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

गण्डकीको जितमा दीपक डुम्रेले सर्वाधिक ३४ रन बनाए । डुम्रेले ५० बलमा ६ छक्का प्रहार गरे । त्यस्तै उत्सभ श्रेष्ठले २६, अर्जुन कुमालले १४ र सुजन गौतमले १३ रन जोडे ।

कर्णालीका सन्दिप साही र निश्चल रावलले समान दुई विकेट लिदाँ रुपक दाहाल र दिनेश पुनले एक÷एक विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा टस हारेर पहिले ब्याटिङमा आएको कर्णालीले २७.६ ओभरमा सबै विकेट गुमाउँनु अघि एक सय १३ रनको योगफल तयार गरेको थियो ।

कर्णालीका प्रकाश जैसीले २६ रन बनाए । त्यस्तै अर्जुन चनराले २२, रुपक दाहालले २०, सुवास अएरले १७ रन जोडे ।

गण्डकीका किरण पौडेलले तीन विकेट लिए । त्यस्तै सुदिप अर्याल र सुबास भन्डारीले समान एक विकेट हात पारे ।

आजै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।

बागमतीले प्रस्तुत गरेको एक सय ९४ रनको लक्ष्य लुम्बिनीले सात विकेट गुमाएर भेट्टायो ।