सहिद स्मारक लिग

मनाङको लगातार दोस्रो जित

काठमाडौं । अफिज ओलावालेको निर्णायक गोलप्रेरित मनाङ मस्र्याङदी क्लबले सहिद स्मारक ए डिभिजनमा लगातार दोस्रो जित हात पारेको छ । मनाङले शनिबार हिमालयन शेर्पालाई १–० ले पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो मिनेटमा पुजन उपरकोटीले प्रहार गरेको फ्रिकिकमा अफिज ओलावालेको हेडर पोस्टको नजिकैबाट बाहिरियो ।

४०औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले प्रहार गरेको फ्रिकिक बारमा लागेपछि हिमालयन पहिलो हाफमा अग्रता लिन चुकेको थियो । मनाङका रक्षक दिनेश राजवंशीले विश्वासमाथी नै फाउल गरेपछि हिमालयन शेर्पाले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट फ्रिकिक पाएको थियो । जसलाई मनाङका राजवंशीले नै क्लियर गरेका थिए ।

५५औं मिनेटमा मनाङका दयानन्द सिंहले गरेको क्रसमा एडेलाजा सोमिडेको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

५७औं मिनेटमा विमल रानाले गोल गरे पनि असिस्टेन्ट रेफ्रिले त्यसलाई अफसाइडको इशारा गरेपछि मनाङ अग्रता लिनबाट चुक्यो ।

६६औं मिनेटमा हिमालयनका पूर्ण गुरुङको क्रसमा मुटम्बा भुन्योलीको हेडरले पोस्टको दिशा लिन सकेन ।

८३औं मनाङका पुजन उपरकोटीको क्रसमा बिमल राना हेड मुश्किल पन्च गरि बाहिर फ्याकेका थिए ।  

लगत्तै ८४औं मिनेटमा प्राप्त कर्नरमा अफिज ओलावालेले गरेको हेड गोल मनाङको जितमा निर्णायक बन्यो । पुजन उपरकोटीले प्रहार गरेको कर्नरलाई ओलावाले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको थियो ।

त्यस्तै हिमालयन शेर्पा भने पहिलो खेलमा संकटा क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो ।