सहिद स्मारक लिग

जितले टोलीको मनोबल बढेको छ: बालगोपाल साहुखल

काठमाडौं । विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गरेपछि च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखलले टोलीको मनोबल बढेको बताएका छन् ।

‘आजको जितबाट टोलीको मनोबल बढेको छ । तीन अंकका लागि नै खेलेका थियौं । तीन अंक सुरक्षित पनि गर्यौं यसबाट म धेरै खुसी छु,’ साहुखलले भने, ‘टोलीमा युवा खेलाडीको बाहुल्यता रहेका कारण अझै संगठित बन्न सकेको छैन । धेरै कुरा सिक्न बाँकी छ । खेलाडीको स्तरमा सुधार हुँदै गएको छ ।’

च्यासल लिगको पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको थियो ।